पाेखरा ५ फागुन । नेपाल पत्रकार महासँघ गण्डकी प्रदेश उत्कृष्ट प्रदेश भएको छ । २०७५ साल बैशाख २२ गतेकाे अधिवेशनबाट बनेकाे समितले पहिलाे कार्यकालमा आफ्नाे भवन निर्माण गर्नुका साथै विभिन्न कार्यक्रम गर्दै आएकाे थियाे ।
पत्रकार महासँघकाे २६ औ अधिवेशनका अवसरमा उत्कृष्ट प्रदेश घाेषणा गरि सुचना तथा सञ्चारमन्त्रि पार्वत गुरुङले आज महासँघ अध्यक्ष त्रिभुवन पौडेललाई सम्मानपत्रले सम्मान गरेका थिए । यसै अवसरमा गोरखा शाखा सम्मानित भएको छ । महासंघले २६ औं केन्द्रिय महाधिवेशनका अवसरमा गोरखा शाखालाई सम्मान गरेको हो ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा योगदान पुर्याएको भन्दै महासंघले गोरखालाई सम्मान गरेको जनाएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता तथा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङले गोरखा शाखाका अध्यक्ष किशोरजंग थापालाई सम्मान पत्र प्रदान गरेका थिए ।
प्रदेशकाे बागलुङ शाखालाई पनि सम्मान गरिएको छ । शाखा अध्यक्ष दिल श्रीसलाइ मन्त्रि गुरुङले सम्मान गरेका थिए । गण्डकी प्रदेशकाे पर्वत शाखालाइ पनि नेपाल पत्रकार महासँघ केन्द्रले सम्मान गरेकाे छ ।






