लघु कथा : आधुनिक प्रेम

आइतवार, फाल्गुन ९, २०७७
0
345

देवी र राजु नजिकका साथी थिए ।देवी कक्षा एघारमा पढ्थी ।
श्याम पढाइलाई बिट मारी वैदेशिक राेजगारमा गएकाे थियाे ।उनीहरु सानैका साथी थिए तर परदेशबाट राजुले फाेन गर्दै गर्दा ,फेसबुकमा कुराकानी हुँदा उनीहरुकाे मित्रता झाँगियाे र अब साथीमात्र सिमित रहेनन्। जीवन साथीभएर एकले अर्काेलाई जुनीजुनी साथ दिने कसम खाए र राजु घर आएपछि परिवारकाे सल्लाह र अनुमती लिएर विवाह गरे।खुशी थिए दिन बित्दै गयाे ,देवी पढ्दै गई , स्नातक सम्म अब उसका रहर ईच्छा आकाँक्षा बदलिए ।ऊ पनि पढाईकै सलसिलामा विदेसिने भई।
राजु यता पारिवारिक जिम्मेवारीमा माैन थियाे

यस्तैमा अब देवीले राजुलाई छाेडेर अर्कैसँग नात गाँसी विदेश जाने ईच्छा जाहेर गरि पारपाचुके प्रस्ताव मागी ।कयाैँ वेदनाका बाबजुद पनि राजुले मञ्जुरर हुने निर्णय गरी अब पारपाचुकेकाे फाराम भरियाे अनि निर्णय गरियाे । घर परिवारमा माैनता छायाे ।जे जस्ताे माने पनि पारपाचुचे। दिने निर्णय भयाे र दिए लिए पनि,वर्षाैँ देखिकाे माया चुट्याे र भयाे
आधुनिक सभ्यताकाे नमूनामा परिणत भयाे ।आधुनिक प्रेम।

चन्द्रावती अधिकारी
कोहलपुर बाके

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here