(बहर-ए-मुतकारिब मुसम्मन सालिम्)
पछारेर आफ्ना, कहाँ पुग्दछौ नर
गरे रिस अरूको, स्वयम् चल्छ खन्जर
नहाँसौँ अगाडि, चटक गर्छ नौलो
बसेको छ गुटमा कलीको बाँदर
स्वयम् सर्व ठान्छ, वरिष्ठै हुँ भन्दै
भई पद प्रतिष्ठा, लुकेको छ आडर
गनाएर मान्छे, हरायो जगतमा
र मान्छेहरू सँग, डरायो जनावर
खुशी बन्नु ठूलो, कुरा हो बुझेनौ
छ हामीहरूमा यही बात अन्तर
स्पन्दन विनोद
काठमाडौ






