स्पन्दन विनोद का बहर-ए-मुतकारिब मुसम्मन सालिम् गजल

आइतवार, फाल्गुन ९, २०७७
0
283

(बहर-ए-मुतकारिब मुसम्मन सालिम्)

पछारेर आफ्ना, कहाँ पुग्दछौ नर
गरे रिस अरूको, स्वयम् चल्छ खन्जर

नहाँसौँ अगाडि, चटक गर्छ नौलो
बसेको छ गुटमा कलीको बाँदर

स्वयम् सर्व ठान्छ, वरिष्ठै हुँ भन्दै
भई पद प्रतिष्ठा, लुकेको छ आडर

गनाएर मान्छे, हरायो जगतमा
र मान्छेहरू सँग, डरायो जनावर

खुशी बन्नु ठूलो, कुरा हो बुझेनौ
छ हामीहरूमा यही बात अन्तर

स्पन्दन विनोद
काठमाडौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here