असार १,गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिका वडा नम्बर २ स्थित कुटुञ्जे गाउँ जाने क्रममा ठाेट्नेरी खाेलाले बगाउँदा बर्दिया जिल्ला घर भएका ३८ वर्षीय गाेविन्द चाैधरी बेपत्ता भएका छन् । घटना आज विहान ७:३० बजेकाे हाे ।
उनीसँगै रहेका २ जना सकुशल रहेका छन् । बेपत्ता चाैधरीकाे आरुघाट प्रहरी इलाका र मान्वु चाैकीले सँयुक्त रुपमा खाेजि गरिरहेकाे प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताए । ठाेट्नेरी खाेलाकाे पानी बुढीगण्डकी नदिमा मिसिने गर्दछ ।





