असार, १ गाेरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले गएरातीदेखि लगातार परेको बर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै नागरिकहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । कार्यालयका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले आज एक सूचना जारी गर्नुहुदै प्रत्येक बर्ष मनसुनको सुरुवात संगै अबिरल बर्षा तथा झरीका कारण बाढी, पहिरो र डुवानबाट ठूलो जनधनको क्षति हुने गरेको भन्दै सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
जिल्लाका कमजोर भू धरातल भएका पहाडी भुभागमा जुनसकुै समयमा पहिरो जान सक्ने तथा जिल्ला स्थित नदीनाला आसपासका स्थानहरुमा बाढी आउन सक्ने भएकाले त्यस्ता स्थानमा नजान मानिसहरुलाई प्रसासनले अनुरोध गरेको हो । यस्ता क्षेत्रमा बसेका घर परिवारहरुलाई उच्च सर्तकताको अबस्थतामा रहन पनि प्रसानले सूचना मार्फत भनेको छ ।
प्रशासनले जोखिमको आंकलन गरि सुरक्षित स्थानमा स्थानान्तरण हुन, स्थानीय पालिका तथा सुरक्षा निकायको निरन्तर सम्पर्रकमा रहन पनि अपिल गरेको छ । गोरखामा आज बिहान मात्र खोलामा आएको बाढीले बगाएर एक जना नागरिक बेपत्ता भएका छन्





