नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठन गण्डकी प्रदेश समितिले इन्जिनियरलाई प्राथमिकतामा राखी कोभिड विरुद्धको खोप व्यवस्था गर्न गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

प्रदेश अध्यक्ष विकास वाग्लेका नेतृत्वमा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्री मधुमाया अधिकारीलाइ कार्यकक्षमा भेटेर प्रदेश भरी रहेका सबै इन्जिनियरहरुलाइ खाेप लगाउन माग गरेकाे हाे । सँगठनले ११ वटै जिल्लाका सबैलाइ खाेप लगाउन मा गरेकाे हाे । ज्ञापनपत्रमा ११ वटै जिल्लामा रहेका इन्जिनियर, आर्किटेक्ट तथा भ्यालुयर्सहरुलाई प्राथमिकतामा सूचीमा राखि कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरिएकाे छ ।
विश्व प्रताडित भइरहेको महामारीबाट विकास निर्माणको काममा अग्रपङ्क्तिमा खटिएका इन्जिनियर पनि अछुतो नरहेको भन्दै ज्ञापनपत्रमा जोखिमपूर्ण तरिकाले खटिएका इन्जिनियरलाई खोपमा प्राथमिकता दिन आग्रह गरिएको छ । “जोखिमपूर्ण अवस्थामा समेत देशभर सरकारका तिनै तहका विभिन्न मन्त्रालय, विभाग, कार्यालय र आयोजनाहरु, शैक्षिक संस्था, निजी क्षेत्र र बैङ्क तथा वित्तीय संस्थामा इन्जिनियर, आर्किटेक्ट र भ्यालुयर्सहरु खटिइरहेका छन्,”ज्ञापनपत्रमा भनिएको छ ।






