भदाै ८,गाेरखा । गोरखा गाेरखा नगरपालिका घर भएका बातावरण बिज्ञानका अध्येता एवम अनुसन्धान कर्ता उत्तमबाबु श्रेष्ठले ५५ लाख रुपैयाको नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड प्राप्त गर्नुभएको छ । अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले अनुसन्धानकर्ता श्रेष्ठलाई ४६ हजार डलर बराबरको अनुसन्धान वृत्ति दिएको हो । यो रकम नेपाली रुपैया ५५ लाख हो ।
कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पति लगायत जैविक विविधताको क्षेत्रमा र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको अनुसन्धानकर्ता श्रेष्ठको भनाई छ । अनुसन्धान मुख्य गरी नेपालको संरक्षणमा क्षेत्रमा हुनेछ । सेप्टेम्बर १ तारिखबाट सुरु हुने यो अनुसन्धान एक वर्षभित्रमा सम्पन्न गर्नुपर्नेछ । बिश्वका १२ जना अनुसन्धान कर्ताले आवेदन दिएका उक्त अनुसन्धान बृत्तिमा दोस्रो चरणमा ५० जना छनोट भएका थिए ।
छनोट भएकामध्ये १० जनालाई जनही ४६ हजार डलरको अवार्ड दिइएको हो । यो अनुदान पाउने श्रेष्ठ एक्ला नेपाली हुन् । श्रेष्ठले यसअघि पनि दुई पटक नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाइसक्नु भएको छ । वातावरण विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठ ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक हुन् ।





