१२ हजार च्याङ्ग्रा पाेखरा ल्याइदै, मुस्ताङमै पर्याे ४० हजार मूल्य

बिहिबार, असाेज १४, २०७८
0
322
उपल्लो मुस्ताङको सीमावर्ती गाउँबाट बिक्रीका लागि जोमसोम झरेका भेडाच्यांग्रा । तस्विर ःसुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली 

जोमसोम । कोरोना कहरका कारण गतवर्ष जस्तै उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतबाट कोरलानाका हुँदै भेडाच्यांग्रा नेपाल भित्रिन नपाएपछि मुस्ताङको जोमसोम झरेका भेडाच्यांग्राको मुल्य आकासिएको छ । बुधबारदेखि उपल्लो मुस्ताङको सीमावर्ती गाउँहरु र छिमेकी जिल्ला डोल्पाबाट वारागुङ मुक्तिक्षेत्र साङ्ता गाउँ हुँदै मुस्ताङ सदरमुकाम जोमसोम झरेका भेडाच्यांग्राको मुल्य गतवर्षको तुलनामा २५ प्रतिशत बढी हुन पुगेको हो ।

कोरोना माहामारी अघि बर्सेनि मुस्ताङबाट २५ हजार भन्दा बढी भेडाच्यांग्रा बाहिरिने गरेकोमा गत वर्ष कोभिडका कारण करिव १३ हजार मात्र भेडाच्यांग्रा मात्र मुस्ताङबाट बाहिरिएको थियो । यसवर्ष पनि तिब्बतबाट भेडाच्यांग्रा ल्याउन नपाईने भएपछि गतवर्ष भन्दा कम मात्रामा भेडाच्यांग्रा मुस्ताङबाट बाहिरिने निश्चित भएको लोघेरक दामोदर गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाबाट करिव ७ हजार र वारागुङ मुक्तिक्षेत्र गापाबाट २ हजार भेडा—च्यांग्रा जोमसोम झरेको अध्यक्ष बिष्टले बताए । उनका अनुसार छिमेकी जिल्ला डोल्पाबाट समेत करिव ३ हजार भेडाच्यांग्रा जोमसोम झर्दै गरेको उल्लेख गरे ।उ पल्लो मुस्ताङ र डोल्पाबाट करिव १२ हजार भेडाच्यांग्रा झर्ने मेरो अनुमान हो ,अध्यक्ष बिष्टले भने“ त्यस मध्ये करिव ५ सय भन्दा बढी भेडाच्यांग्रा जिल्लामै खपत हुन्छ ।’उनले यो वर्ष करिव १२ हजारको संख्यामा भेडाच्यांग्रा जिल्ला बाहिरिने बताए ।

कोरोना कहरका कारण तिब्बतबाट भेडाच्यांग्रा मुस्ताङ भित्रिन नपाएपछि जोमसोममा एउटै रोजा च्यांग्राको मुल्य ४५ हजार सम्म पर्ने जनाईएको छ । जोमसोमका स्थानीय भुपेन्द्र शेरचनले जोमसोम झरेका च्यांग्राको थोक मुल्य ३८ देखि ४२ हजार सम्म कायम रहेको उल्लेख गरे । उनका अनुसार बिहिबार साझसम्म जोमसोममा १५ सय भेडाच्यांग्रा झरेको बताए । उनले गत वर्ष प्रति गोटा २४ हजारदेखि २८ हजारसम्म पर्ने च्यांग्राको मुल्य अप्रत्याशित रुपमा च्यांग्रा पालक किसानले भाउ बृद्धि गरेको जनाए ।

उत्तरी कोरलानाकासंग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका पशुपालक किसानले बर्सेनि जेठ /असारमा तिब्बतबाट च्यांग्राका पाठापाठी खरिद वयस्क बनाएर मासुका लागि बिक्री वितरण गर्थे। तर,कोरनाका कारण सीमानाका शिल भएपछि उनीहरुले तिब्बतबाट पाठापाठी समेत ल्याउन पाएका छैनन् ।स्थानीय स्तरमै हुर्काईएका भेडाच्यांग्रा कम उत्पादन भईरहेकाले दशैका लागि पर्याप्त भेडाच्यांग्रा बजार आउन नसकेको हो । चिनको स्वाशितक्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमावर्तीक्षेत्रका बासिन्दाबीच लाग्ने अन्तरदेशीय ब्यापारिक मेला समेत कोरनाका कारण ३ वर्षदेखि ठप्प भएको छ ।छिमेकी जिल्ला डोल्पाका पशुपालकले समेत तिब्बतबाट भेडाच्यांग्राका पाठापाठी ल्याएर पाल्ने गरेकोमा डोल्पा समेत च्यांग्रा उत्पादन कम भएको जनाईएको छ ।

अन्य समय जस्तो भएपनि बेसीका उपभोक्ताले दशैको बेला हिमालको चिसो हावापानीमा हुकाईएको च्यांग्राको मासुनै खाने मान्यता राख्ने गर्दछन् । हिमाली क्षेत्रको भेडा—च्यांग्राले जटीबुटी सेवन गर्ने भएकाले स्वादिलो र पोशिलो हुने भनाइ रहँदै आएकाे छ ।  शहर बजारका उपभोक्तालाई च्यांग्राको मुल्य मुस्ताङमै आकासिएपछि आर्थिक भार पर्ने देखिएको छ ।
कोरोना कहर अघि स्रा श्राद्ध सुरु हुनु अगावै भेडाच्यांग्रा ब्यापारी मुस्ताङ आउने गरेकोमा यसवर्ष ब्यापारीहरुको समेत जोमसोममा चहल पहल छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here