जब महिलाहरु पञ्चै बाजा बजाउँदै गाउँपालिका प्रवेश गरे…

शुक्रबार, असाेज १५, २०७८
0
558
बाजा हस्तान्तरण पछि सामूहिक फाेटाे सेसन गर्दै पालिका परिसरमा प्रमुख प्रशासकीय अधिकृत सहित महिला समूह ।

तनहुँ । सैँबाेटे सामुदायिक सभाहलबाट एक समूह महिला पञ्चै बाजा बजाउँदै आँवुखैरेनी गाउँपालिका प्रवेश गरे लगतै मानिसहरुलाइ बाजाकाे धुनले पालिकाकाे आँगन तिर हेर्न बाध्य बनायाे । अफिसमा काम गरिरहेका कर्मचारीहरु समेत झ्यालबाट नियाल्न थाले । याे दृश्य विहिबार आँवुखैरेनी गाउँपालिकामा देखिएकाे हाे ।

केही समय पछि गाउँपालिका अध्यक्ष गीर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाेखरेल, वडा नम्बर २ का वडा अध्यक्ष कटक बहादुर थापा प्राङ्गणमा उत्रिए । माइ छिम्केश्वर महिला समूह ढकालटारलाइ अध्यक्ष थापाले बाजा हस्तान्तरण गरे ।

दुइ था दमाहा, दुइ थान नर्सिङा, दुइ थान सहनाइ, एक थान ढाेलकी, एक थान टेम्काे, एक थान झ्याली प्रदान गरिएकाे हाे । बाजाकाे कुल मूल्य एकलाख २९ हजार ९५० रुपैयाँ रहेकाे छ ।

बाजा लिदैँ समूहकी अध्यक्ष बेलीमाया थापाले चाडपर्वका समयमा गाउँमा आवश्यक पर्दा बाजाकाे प्रयाेग गरिने बताइन । ममूहमा मगर, गुरुङ र ब्राहमण समुदायका महिलाहरु रहेकाे उनले बताइन । आफूहरु सिक्ने क्रममा नै रहेकाले बाजाकाे सँरक्षण गरी समाजका लागि आवश्यक पर्दा सेवा दिने उनकाे भनाइ छ ।

गाेरखाकी महिला नेतृ जानुका पाैडेलले काठमाण्डाैमा गाेरखाली महिलाहरुलाइ पञ्चै बाजा बजाउन सिकाएर चर्चामा आएसँगै जिल्लाकाे पालुङटार नगरपालिकामा निर्मला मल्लकाे समूहले समेत महिलाहरुलाइ पञ्चै बाजा बजाउन सिकाएकाे थियाे । अहिले उक्त समूहले आवश्यक परेका स्थानमा न्युन शूल्क लिएर बाजा बजाउँदै आएकाे छ । पछिल्लाे समयमा महिलाहरु बाजा बजाउने कार्यमा सीप हासिल गर्दै गएका छन् ।

सँस्कृतिकाे सँरक्षण गर्ने उदेश्यका साथ स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत महिलाहरुलाइ बाजा प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाेखरलेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here