व्यक्तिकाे चरित्र हत्या गर्दे हिँड्ने युटुबरहरु पक्राउ

शुक्रबार, असाेज १५, २०७८
0
225

असोज १४, काठमाण्डाै । महिलाको चरित्र हत्या गरेर भिडियो, अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्युव च्यानलमार्फत प्रसारण गरेको अभियोगमा ४ जना युटुबरहरुलाई प्रहरीले बुधबार राजधानीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका संचालक काठमाण्डौं गोकर्णेश्वर बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका १७ मिमुवा घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युव च्यानलका संचालक काठमाण्डौं नेपालटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका २ चोकदे घर भएका २७ वर्षीय शिशिर अधिकारी, साराचुलि मिडिया युट्युव च्यानलका संचालक काठमाण्डौं पेप्सिकोला बस्ने मोरङ वेलवारी नगरपालिका ९ घर भएका ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाईन टिभि युट्युब च्यानलका संचालक काठमाण्डौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तमाङ रहेको प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटहिटीले जनाएको छ ।

विभिन्न युट्युव च्यानल संचालन गरी उक्त च्यानलहरुमार्फत पीडित महिलाको तस्बिर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामग्रीहरुको प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here