कोभिड-१९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको हो । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हर्न सकिने गरि तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ गरिएको छ ।
शुभारम्भ गर्दै मन्त्री पौडेलले दुरदराजका विद्यार्थीलाई लक्षित गरि कार्यक्रमलाई सहज, सरल ग्रहणशील हुनुपर्ने बताउनुभयो । ‘शहरमा प्रविधिको विकास भइसकेको छ,’ मन्त्री पौडेलले भन्नुभयो’, ‘यो गाउँका कुना कन्दराका विद्यार्थीले सहजै चलाउन सकुन् ।’
मन्त्री पौडेलले चौतारीबाट सिकेका कुरालाई परिपक्कताका साथ अगाडी बढाउन थप आकर्षक एवम् पठनशील हुनपर्नेमा जोड दिनुभयो । उहाँले भिडियोको प्रस्तुती रोचक र आकर्षक भएमात्रै विद्यार्थी सिकाईका लागि आकर्षक हुने बताउनुभयो ।
‘सबै विद्यार्थीले बुझ्ने सरल, सहज, प्रविधिमैत्री, र गणशील हुन पर्यो, यसलाई मध्यनजर गर्दै थप विकशीत गर्नुहोस् ्’ मन्त्रीले भन्नुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हर्न सकिने बनाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड-१९ का कारण सिकाई केन्द्रको शुरुआत भएकोमा खुसी व्यक्त गरे । ‘वैकल्पिक शिक्षाको विषयमा यसले काम गर्ने अपेक्षा लिएको छु,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीको थप आकर्षण हुने विश्वास लिएको छु । ’
सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए।
सोही पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरि विकास गरिएको छ ।
इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताएका छन् । ‘हामी अमेरिकन नागरिक तथा अन्य विज्ञसँगको छलफल पछि यो पोर्टलको शुभारम्भ गरेको छौं’ यसलाई विकास गरि सबैको पहुँचमा पुर्याउने हाम्रो लक्ष्य छ ’ उनले भने






