नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता प्रकाशलाइ काेराेना सँक्रमण

शनिबार, पुस २४, २०७८
0
200

काठमाडौँ, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवँ पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) लाई  कोरोना संक्रमण भएको छ । उनीहरुकाे निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।

हालै काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा सय जनाभन्दा बढी नेतालाई कोरोना संक्रमण भएको आशंका छ।

माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि अहिले कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। केन्द्रीय कार्यालयको क्यान्टिन, लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here