गाेरखाका राम बहादुर खड्का मृत भेटिए

बुधबार, माघ १२, २०७८
0
216
साँकेतिक तस्वीर

गाेरखा । जिल्लाकाे नारेश्वरमा आज एकजना मृत्त पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका ३ नारेश्वरका ५२ बर्षिय रामबहादुर खड्काको मृत्त शरिर फेला परेको गोरखा प्रहरीले जानकारी दिएकाे छ ।

मृत्तक खड्को शव आफ्नो घरदेखी ३ किलोमिटर पूर्व तर्फ रहेको कच्ची सडकमा स्थानियले देखेपछी प्रहरीले खबर गरेका थिए । शहिद लखन गाउँपालिका ५ नामजुङ स्थायी घर भएका खड्का ससुराली गाउँमा घर बनाएर बस्दै आएका थिए ।

घटना लगत्तै कोखे आहाले र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुत्त टोली घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

खड्को शव अहिले गोरखा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । प्रहरीका प्रारम्भीक अनुसन्धानमा खड्का दिर्घ रोगी भएको लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको भएता पनि मृत्युको कारण विस्तृत अनुसन्धान पछि मात्र भन्न सकिने गोरखा प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here