ढाेरपाटन आरक्षमा हिउँमा परेर रतुवा मृगकाे मृत्यु

मङ्लबार, माघ २५, २०७८
0
249

शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग) को मृत्यु मरेको छ। शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो। ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जानकारी दिएकाे छ ।

उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिए। हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो। एक वर्षको मृत मृग खाडलमा पुरिएको छ। शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जङ्गली जनावर जाडो छल्न ढोरपाटन उपत्यकामा झर्छन् ।

तल्लो क्षेत्रमा झरेको बेला बाक्लो हिउँ पर्दा जङ्गली जनावर चिसोका कारण मर्ने गरेका छन् । लामो समय हिउँ नपग्लिएपछि कतिपय जनावर भोकको कारण पनि मर्छन्। अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ । शिकार आरक्ष जाने बुर्तिवाङ–ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङबाट ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरूपले अवरुद्ध बनेको छ । यातायात सञ्चालन पूर्ण अवरुद्ध भएको रेन्जर रेग्मीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here