गाेरखामा उदाहरणीय काम गरेका प्रहरी उपरिक्षक शेखर खनालकाे सरुवा, गाेरखामा केदार खनाल आउने

सोमवार, फाल्गुन ९, २०७८
0
174
घैरुङ प्रहरी चाैकी स्थापनाका अवसरमा शुभकामना मन्तव्य राख्दै उपरिक्षक शेखर खनाल । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । गाेरखामा प्रहरीकाे कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक शेखर खनाल सम्पति सुद्धिकरण अनुसन्धान विभागमा सरुवा भएका छन् । गाेरखामा रहेर शान्ति सुरक्षा चुस्तदुरुस्त राम्राे बनाउन सक्रिय खनाल गाेरखामा रहँदा राम्राे काम गरेका थिए । उनकै कार्यकालमा जिल्लामा प्रहरीकाे भवन निर्माणकाे कामले पूर्णता पाएकाे थियाे । जिल्लाका गण्डकी गाउँपालिका बाहेक अन्य पालिकामा पालिका स्तरीय प्रहरी चाैकीकाे स्थापना भएकाे थियाे ।

यस अघि गाेरखामा प्रहरी निरिक्षक भइ काम गरेका र हाल प्रहरि उपरिक्षक रहेका केदार खनाल गाेरखा आउने भएका छन् । गाेरखाकाे भूगाेलबारे जानकार रहेका खनाल बागमती प्रदेश प्रहरी गण हेटाैँडाबाट गाेरखा आउने भएका हुन् । खनालहरुकाे सरुवा भएकाे कुरा प्रहरी प्रधान कार्यलयले पुष्टि गरेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here