लाप्राक गुप्सीपाखामा माेटर पुग्याे

बुधबार, बैशाख ७, २०७९
0
363

गाेरखा । धार्चे गाउँपालिका वडा नम्बर ४ स्थित लाप्राक गुप्सी पाखामा माेटर पुगेकाे छ । बा ४ ख १३८१ नम्बर बस पुप्सीपाखामा आइपुगेकाे गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले बताए ।

गाउँमा बस आएपछि गाउँलेहरु खुशी भएका छन् । यातायात व्यावसायीले नियमित बस सेवा सञ्चालन गरिदिए यस क्षेत्रका नागरिकहरुका लागि सुविधा हुने उनले बताए । साना जीपहरुमा महङ्गाे भाडा तिरेर नागरिकहरु कठिन यात्रा गर्न बाध्य भएकाले नियमित बससेवा सञ्चालन गरिदिन उनले आग्रह गरेका छन् ।

पर्यटकहरुकाे पहिलाे राेजाइमा पर्ने यस क्षेत्रमा नियमित बससेवा सञ्चालन नहुँदा आन्तरिक पर्यटनमा वृद्धि हुन सकेकाे छैन । यतिबेला भने यस ठाउँमा ग्रामीण चलचित्र महाेत्सव चलिरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here