शहिद लखन १ मा नेकपा एमाले विजयी

आइतवार, जेष्ठ १, २०७९
0
383

जेठ १, गोरखा । शहिदलखन १ मा  स्थानीय तह निर्वाचन अन्तर्गत गोरखामा नेकपा एमालेले पहिलो जीत प्राप्त गरेको छ ।

शहिद लखन गाऊँपालिका वडा नम्वर १ को अध्यक्ष सहित ४ वटै वडा सदस्यमा एमालेका उम्मेद्वार विजयी भएका हुन् ।

वडाध्यक्षमा एमाले उम्मेद्वार प्रेम गुरुङले ६ शय ४७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका टोपबहादुर आलेले ४ शय ५४ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका सन्जिप थापामगरले भने ४ शय ७ मत प्राप्त गरे ।

महिला वडा सदस्यमा ६ शय ८४ मत सहित एमालेकी उम्मेद्वार सुनिता थापा न्यौपाने, दलित महिला सदस्यमा कोपिला विक कोइराला ६ शय ३ मत प्राप्त गरि विजयी हुनुभयो । खुल्ला सदस्यमा एमालेकै फत्तबहादुर थापा-५९६ र लालबहादुर गुरुङ-५९४ मत प्राप्त गरि विजयी भए ।

उक्त वडाबाट गाऊँपालिका अध्यक्षमा एमालेले ६ शय ७५, उपाध्यक्षमा ६ शय २१, काँग्रेसले प्रमुखमा ३ शय ६२ र उपाध्यक्षमा ४ शय ६ तथा नेकपा माओवादी केन्द्रले अध्यक्षमा ४ शय ३७ र उपाध्यक्षमा ४ शय १५ मत प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here