तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को(पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित अन्य देशका २ जना नागरिक सहित १९ जना यात्रु र तीन जना चालक रहेको जनाएको छ ।
शहिदलखन गाउँपालिका वडा नम्बर ५ तिनमानेका चार जना मुस्ताङ घुम्न गएकाे परिवार स्राेतले जनाएकाे छ । गणेशनारायण श्रेष्ठ , रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, राेजिना श्रेष्ठ समेत साेही जहाजमा रहेकाे तारा एयरले जनाएकाे छ ।







