हराइरहेकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्याे

सोमवार, जेष्ठ १६, २०७९
0
229
दुर्घटनाग्रस्त तारा एयरकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिका वडा नम्बर २ काेवाङ स्थित सानुसुरेमा । तस्वीर नेपाली सेना

पाेखरा । आइतबारदेखि हराइरहेकाे तारा एयरकाे जहाज मुस्ताङकाे  थासाङ गाउँपालिकाकाे वडा नम्बर २ काेवाङ गाउँकाे सानुसरे  भन्ने स्थानमा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान हिजो बिहान १० बजेर ७ मिनेटमा सम्पर्क विहीन भएको थियो।
सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका थिए खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएकाे थिएन ।

विमानकाे खाेजीमा फिस्टेल एयर र नेपाली सेनाको एमआई-१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका थिए। हराइरहेकाे सबैलाइ सकुशल रहेकाे खबर सुन्न आफन्तहरु पाेखरा विमानस्थलमा केन्द्रित भएका छन् ।

गाेरखाकाे शहिदलखन गाउँपालिकाका एकै घरका चार जना नागरिकहरु समेत साेही विमानमा रहेकाे खबर पछि पालिका अध्यक्ष रमेश थापा मगर आइतबार नै पाेखरा पुगेर घटनाकाे  सत्यतथ्य खाेजिरहेका छन् ।

दुर्घटनाग्रस्त तारा एयरकाे जहाज तस्वीर सुशिलबाबु थकाली अनुरागी मुस्ताङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here