काँग्रेसका प्रदेश साँसदकाे उम्मेदवारी मनाेनयन खारेज

मङ्लबार, असाेज २५, २०७९
0
137

 असोज २५, काठमाडौं । रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेसमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ

। बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए ।

उहाँले उम्मेदवार स्वघोषणा फारममा दण्ड जरिवाना बाँकी छैन भन्नुभएको थियो, विपक्षी उम्मेदवारले उजुरी गरेपछि हामीले सुर्खेत उच्च अदालतमा पत्राचार गर्दा बाँकी छ भन्ने जवाफ आयो’ उनले भने, ‘त्यसैले उहाँको उम्मेदवारी खारेज भयो ।’

ओली विरुद्ध उम्मेद्वार हुन अयोग्य भएको भनी सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए । मुख्य निर्वाचन अधिकृत केसीका अनुसार कांग्रेस उम्मेदवार ओली उक्त उजुरीको प्रतिवाद गर्न पनि आएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here