गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार भएकाे छ । नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिस मार्फत मंगलवार उद्धार गरी उपचारकालागि काठमाण्डौँको टिचिङ हस्पिटल लगिएको उनका आफन्तले जानकारी दिएका छन् ।
हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो । खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गर्दा काँग्रेस नेता बजगाइँले समन्वय गरी हेलिकप्टर पठाएका उनले बताए ।
सडक सञ्जालसँग नजाेडिएकाे चुमनुब्री र धार्चेकाे माथिल्लाे क्षेत्रमा नागरिकहरु विरामी परेपछि हेलिकप्टरकाे भर पर्नु पर्ने अवस्था रहेकाे छ । विरामी सजिलै भएपनि हेलिकप्टर ल्याउन खर्चिलाे र झण्झटिलाे रहने गरेकाे स्थानीय मिन बहादुर गुरुङले बताए ।
गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका बजगाइँले अफ्ठेराे अवस्थामा परेका नागरिकहरुलाइ यसअघि पनि उद्धार गर्दै आइरहेका छन् ।






