गोरखा २ को मतगणना ७ बजेपछि मात्र हुने, गणनास्थल निर्माणमा ढिलाइ

सोमवार, मंसिर ५, २०७९
0
123

गाेरखा ।  जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज साँझ ७ बजेपछि मात्र हुने निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताउनुभयो । गणना स्थल एक ठाउँमा मात्र बनाइएको थियो । थप गणना स्थल बनाउन समय लाग्ने भएकाले ७ बजेपछि गणना गर्ने तयारी भइरहेको उहाँले बताए।
चुमनुब्री गाउँपालिका भित्रका मत पेटिका नेपाली सेनाका दुइ वटा हेलिकप्टर प्रयोग गरी ल्याइएको छ । आज सबै मतपेटिका आइसक्ने प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए ।

नेपाली सेनाको कलसाइन एनए ०५६ नम्बरको हेलिकप्टरमा समस्या आएपछि सेनाकै अन्य दुइ साना हेलिकप्टरबाट मत ढुवानी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here