गाेरखा । ऐतिहासिक तथा धार्मिक स्थल भीमवीरेश्वर महादेव मन्दिर परिसरमा आयोजना गर्न लागिएको भीमवीरेश्वर महादेव आद्यात्मिक महोत्सव तथा सप्ताह ज्ञानमहायज्ञ आजदेखि सुरु हुने भएकाे छ ।
गोरखा र धादिङ सीमानामा पर्ने बुंकोटघाटको त्रिवेणी क्षेत्रमा आजदेखि सुरु गरिने सप्ताह ज्ञान महायज्ञको गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
सप्ताह ज्ञान महायज्ञमा वाचन प्रवीण दीनवन्धु पोखरेलबाट श्रीमद्भागवत महापुराण वाचन गर्ने छन् । नौ जना व्राह्मणले दैनिक वैदिक विधिअनुसारका काम गर्नेछन् ।
सातदिनसम्म हरेक दिन भजन समूहद्वारा भजन गाउने, नाच्ने छन् भने दुई दिन टेलिभिजनको इन्द्रेणी कार्यक्रमका टिमले मनोरञ्जन रहनेछ ।
कार्यक्रममा बबिता बानियाँ, अस्मिता डल्लाकोटी, रविन लामिछाने, बल्छी धुर्वे, राजु मास्टरहरु पनि सहभागी भएर कार्यक्रममा मनोरञ्जन गराउने कार्यक्रम रहेको आयोजक संस्था नाम्जुङ सेवा समाजका रमेश लामिछानेले बताए ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बिक्रम संवत १८८८ मा निर्माण गरेको भीमवीरेश्वर महादेव मन्दिरलाई सुरक्षित र उचित स्थानमा स्थानान्तरण गरी पुनस्थापित गर्ने उद्देश्यले महापुराण लगाउन लागिएको हाे । बुढी गण्डकी प्रभावति क्षेत्रमा रहेका यहाँ सत्तल, मन्दिरर डुवानमा पर्ने भएपछि स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकाे छ ।






