गस्तीमा रहेका प्रहरीलाइ गालिगलाैज गर्नेलाइ शान्ति विरुद्धकाे कसुरमा सार्वजनिक मुद्धा

शुक्रबार, जेष्ठ १२, २०८०
0
124
नेपाल प्रहरी गाेरखा कार्यालय । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा ।  गस्तीमा रहेका प्रहरीलाई गाली गलौच गरी बाधा अवरोध गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिका–४, घुनचोक घर भएका २५ बर्षका काजी मग्रातीलाई सोही ठाउँमा डिउटीमा रहेको प्रहरी माथि बाधा अवरोध गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीलाई मग्राती शंकास्पद अबस्थामा फेला पारेपछि सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीको टोलीलाई जथाभावी अपशब्द प्रयोग गरी गाली गलौच गरेको उनले बताए ।

‘पक्राउ परेका मग्रातीले प्रहरी माथि धाक–धम्की देखाउदै डियुटीमा बाधा अवरोध पुर्याएपछि पक्राउ गरिएको हो, डिएसपी लामिछानेले भने,‘उनी माथी आज नै जिल्ला प्रसासन कार्यलयबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।’

मग्राती बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरि हिरासतमा राखेर अनुसन्धान अघि सुरु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here