गण्डकी प्रदेश सरकारको बजेट अनुत्पादक क्षेत्रमा धेरै लगानी हुनु दुखद : मुख्यमन्त्री पाण्डे

मङ्लबार, साउन १६, २०८०
0
121

साउन १६ गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार अनुत्पादन क्षेत्रमा धेरै बजेट लगानी गर्नुपर्दा आफूलाई दुख लागेको बताए ।

गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज गोरखा सदरमुकाममा भएको जिल्ला स्तरीय न्यायिक समितिका पदाधिकारीको भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले प्राथामिकताका आधारमा मात्र विकासमा लगानी गर्ने बताए ।

‘अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, गण्डकी प्रदेश सरकारको अब त्यस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति छैन, मुख्यमन्त्री पाण्डेले भने, ‘आफुना मतदाता भड्किन्छ कि, फेरी भोट दिदैन की भन्ने सोचेर जथाभावी लगानी गर्दै जाने हो भने त्यसले कहिल्यै नतिजा दिन सक्दैन ।’

उनले स्थानीय तहका जनप्रतिनिधिहरुले पनि योजना छनोट र प्रस्ताव गर्दा धेरै भन्दा धेरैले लाभ लिनसक्ने क्षेत्रमा प्राथामिकता दिएर योजना निर्माण गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here