गोरखाका सबै वडामा १२ महिना चल्ने मोटरबाटो मेरै कार्यकालमा बन्छ :  मुख्यमन्त्री पाण्डे

मङ्लबार, साउन १६, २०८०
0
139

साउन १६ गोरखा । मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा गोरखाका ९४ वडामा १२ महिना चल्ने मोटरबाटो निर्माण गर्ने बताए । आज गाँखुमा आयाेजित कार्यक्रममा कष्टका साथ पुगेका मुख्यमन्त्री पाण्डेले  स्थायी रुपमा चल्ने माेटरबाटाे सबै वडामा बनाइ छाड्ने बताए । मैरै कार्यकालमा सबै वडामा माेटरबाटाे पुर्याउँछु, मुख्यमन्त्री पाण्डेले भने ।

अमरसिँह जस्ता बहादुर नेताका कारण गोरखालीको शिर उचो भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।

जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ स्थित अमरसिँह पार्क परिसरमा आज आयोजित थापाको २०७ औंँ स्मृति दिवसलाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अमरसिँह थापाले हिजो नलडेका भए आज हामीहरु यो स्थानमा आउने थिएनौं , इतिहासका बहादुरहरुलाई जीवन्त राख्न प्रदेश सरकार तयार छ । ’

अमरसिँह पार्क ऐतिहासक सँरक्षण पार्क भएकोले यसको सँरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम प्रसाद वस्ती लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम गोरखा अमरसिँह नगर पर्यटन समितिका अध्यक्ष रविन अधिकारीको अध्यक्षता र सचिव राजेन्द्र अर्यालयको सञ्चालनमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here