गोरखा बजारमा तेस्रो गाईजात्रा रमाइलो मेला हुने

मङ्लबार, साउन २३, २०८०
0
146

गोरखा  । गोरखा बजारमा तेस्रो गाईजात्रा रमाइलो मेला हुने भएको छ । लियो क्लब अफ गोरखाले मेलाको आयोजना गर्न लागेकाे हो ।

संस्कृती जगेना तथा संकलीत रकमबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

क्लबले  आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर आउदो भाद्र ९ गते शनिबारका दिन मेलाको आयोजना गरेको जानकारी दिएको हो । मेलामा विविध साँस्कृतीक कार्यक्रमका लागि राष्ट्रिय स्तरका कलाकारहरुको समेत उपस्थिती हुने जानकारी गराएको छ ।

गोरखा बजारको रानीपोखरी परिषरमा हुन लागेको उक्त मेलाको तयारी थालनी गरिएको पनि क्लबले जानकारी दिएको छ । रु १०० देखी १ हजार दरसम्मका टिकटको ब्यवस्था गरेको क्लबले बचत रकमबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ ।

सोही कार्यक्रममा सहभागी भएका लायन्स क्बल अफ गोरखाका उपाध्यक्ष तथा लियो क्बल अफ गोरखाका सल्लाहकार चन्दनबावु खत्रीले ‘लियो अक्षय कोष’ मा जम्मा हुने गरी १० हजार १०० रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here