
गोरखा । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १२ घर भएकी राममाया कुमाल क्यान्सर रोगबाट पिडित भएपछि कतारमा चन्द्र बहादुर कुमालले सहयोग जुटाइ ल्याएको नगद रु ४७ हजार ५९० आज विरामीलाई हस्तान्तरण गरिएको छ ।
वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापाले कुमालले आज नगद प्रदान गरेका हुन् । सहयोग जुटाइएर नगद ल्याइदिने चन्द्र बहादुर कुमाललाई वडा अध्यक्ष थापाले आज वडा कार्यालयमा सम्मान समेत गरेका छन् ।





