काठमाडौं,२८ पुस । नेकपा माओवादी केन्द्रले आगामी फागुनमा विधान सम्मेलन गर्ने घोषणा गरेको छ ।
कोटेश्वरस्थित पेरिसडाँडामा शनिवार बसेको स्थायी कमिटीको बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको जानकारी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
विधान सम्मेलनका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको पनि सापकोटाकाे भनाइ छ ।






