गाेरखा । नेपाल रेडक्रस साेसाइटी गाेरखा जिल्ला शाखाले नेपाल रेडक्रस साेसाइटी गाेरखा जिल्ला शाखा मातहत रहेर काम गर्ने स्वमसेवकलाइ काेराेना भाइरस विरूद्दकाे खाेप लगाउन जिल्ला कार्य समिति गाेरखाले माग गरेकाे छ ।
समितिकाे साउन ११ गते बसेकाे बैठकले २५ वटा उपशाखामा सहित जिल्ला भित्र रहेर काम गर्ने स्वमसेवकहरूलाइ खाेप लगाउन माग गरिएकाे शाखाका सभापति भगवानबाबु मास्केले बताए । बैठकले शाखा भवन सँरक्षणका लागि सम्बन्धित निकायलाइ सँरक्षणका लागि अनुराेध गर्ने र रक्तसञ्चार केन्द्र सञ्चलानका लागि स्थानीय तह र प्रदेश सरकारसँग सहयाेग लिने निर्णय समेत गरेकाे उनले बताए ।
दातासँगकाे सहकार्यमा स्थापना भएकाे रक्तसञ्चार केन्द्र सञ्चालनका लागि सहयाेग गर्न सबैमा साेसाइटीले अाग्रह गरेकाे जनाएकाे छ ।





