मुख्यमन्त्री र मन्त्रीहरुका आफन्तका लागि ट्रष्ट निर्माणका लागि रु १ सङ्कलन सुरु

मङ्लबार, असार २८, २०७९
0
146

गोरखा,  असार । अनेरास्वबियु जिल्ला कमिटी गोरखाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुका आफ्न्तको ट्रस्टका लागि आर्थिक सहयोग गर्न भन्दै एक रुपैयाँ चन्दा संकलन सुरु गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएका बजेटमा मुख्यमन्त्री र मन्त्रीहरुको आफ्ना नजिकका आफ्न्त र परिवारको नाममा बजेट बिजियोजन गरेको बिरोधमा गोरखा सदरमुकाममा सांकेतिक बिरोध स्वरुप अनेरास्वबियुले एक रुपैयाँ चन्दा संकलन सुरु गरेको हो ।

गोरखामा आज र भोली दुई दिन सांकेतिक बिरोध स्वरुप चन्दा संकलन गर्ने अनेरास्वबियु गोरखाका संयोजक प्रताप ढकालले जानकारी दिनुभयो । संकलित चन्दा भोली मुख्यमन्त्रीको कार्यालयमा बुझाउने उहाँको भनाई छ ।

बिहान १० बजेदेखि १२ बजेसम्म गरिएको कार्यक्रममा नेकपा एमाले जिल्ला समितिका सचिवालय सदस्य सुमन श्रेष्ठ, अनेरास्वबियु जिल्ला संयोजक प्रताव ढकाल सहित, सहसंयोजक सुवास श्रेष्ठ र राष्ट्रिय युवासंघ नेपाल नगर कमिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायतले सहभागिता रहेको थियो ।

अनेरास्वबियुले गोरखा सहित गण्डकी प्रदेशका सबै जिल्लामा मुख्यमन्त्रीका लागि चन्दा संकलन गरेको छ । गण्डकी प्रदेश सरकारले मन्त्री र मुख्यमन्त्रीका आफन्तको नाममा रहेको ट्रस्टका लागि रकम बिनियोजन गरेपछि अहिले सवैतिर त्यसको चर्को आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here