गाेरखामा रहेकाे टल्कने ढुङ्गा परीक्षणका लागि भूगर्भ विभागको भूगर्भविद्को टोली गाेरखामा

बुधबार, साउन २४, २०८०
0
132

गोरखा  । गाेरखा नगरपालिका–७, सतिपिपल स्थित एक घरबाट बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षा सहित राखिएको ढुल्कने ढुङगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।

स्थानीयबासी सहित बिभिन्न संघसंस्थाहरुले बरामद् गरिएको टल्कने ढुङगा बाहिर जिल्लामा नपठाउन पटक–पटक अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको टोली गोरखामै झिकाइएको हो ।

टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा पुगेका गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले बताए ।

‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन जिल्ला प्रसासन कार्यालयले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेको थियो ’ उहाँले भन्नुभयो, ‘विभागले परीक्षण गर्न समस्या हुने भएकाले विभागमै ल्याउन भनेपनि लैजान समस्या भएपछि पुनः पत्राचार गरी विज्ञहरुको टोली जिल्लामै झिकाइएको हो ।’

विभागबाट आवश्यक उपकरण सहितको विज्ञहरुको टोली आएकाे हाे । बराम्द गरिएको टल्कने ढुङ्गा ५४ किलोग्रामको रहेको छ । एकातिरबाट लाईट बाल्दा भित्रैबाट अर्को तिर उज्यालो वारपार हुने उक्त ढुङ्गा पुर्खौली रुपमा घरमा राखिएको अबस्थामा भेटिएको थियो ।

प्रहरीले बरामद् गरेलगत्तै पनि भूगर्भविद्लाई भिडियो कल गरेर देखाउदा विज्ञहरुले उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ ढुंगा भएको बताएका थिए । ‘क्वार्ज क्रिष्टल’ ढुङ्गा भएपनि कुन गुणस्तरको भन्ने कुराको एकिन परीक्षण गर्न विज्ञ सहितको टोली नै गोरखा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले बताए ।

टल्कने ढुङ्गा बर्षौदेखि घरमा पुजा गर्दै आएको पाइएपछि उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारीसँग  माग गरेका गर्दै आएका छन् ।

पुजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अलौकिक प्रकारको बल्ने शिला कुनै पनि वहानामा गोरखा जिल्ला बाहिर नपठाई मुलधनीको ईच्छा अनुसार गोरखकाली र गोरखनाथको पबित्र भूमिमा राख्नुपर्ने स्थानीयहरुको पनि भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here