आँबुखैरेनी, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ अदुवाखर्कमा ट्याक्टर दुर्घटना भएको छ। गाउँबाट सामान लिन आँबुखैरेनी बजारतर्फ आउदै गरेको ग १ प ३७७० नं. को टयाक्टर आज बिहान अन्दाजी १० बजेतिर अदुवाखर्कमा दुर्घटना भएको हो।
दुर्घटनामा परि १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का १ जना गम्भिर घाईते भएका छन्। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका २ अदुवाखर्कका अन्दाजी ३६ वर्षिय केशव दर्लामी रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।
यस्तै दुर्घटनामा परि आँबुखैरेनी गाउँपालिका ३ का लिल बहादुर यादी गम्भिर घाईते भएका छन्। घाईतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको प्रहरीले बताएको छ।






