कृष्ण “असिम “ ज्यु को मन छुुनेे गजल

आइतवार, फाल्गुन ९, २०७७
0
169

कोहि देशभक्त कोहि भ्रष्टाचारी हुन्छन् ।।
कोहि ब्रमचारी कोहि बलात्कारी हुन्छन् ।।

जलाई दिए हुन्छ डिग्रीका प्रमाणपत्रहरु ।।
यो देशमा गवारहरु नै रोजगारी हुन्छन् ।।

खै कस्तो नियम कानुन बन्छ यो देशमा ।।
दिनानुदिन लुटिने त छोरी बुहारी हुन्छन् ।।

बनाउने तोड्ने नियम अनि कानुनलाई ।।
यिनै भद्रभलादमी र सत्ताधारी हुन्छन् ।।

उच्च शिखर टाकुरा जस्ता देखिने ठुला ।।
यिनै भ्रष्ट घुसखोरीका भखारी हुन्छन् ।।

कृष्ण “असिम “
गोदावरी न पा २ कैलाली ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here