प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी शैलेश थापा

बुधबार, जेष्ठ ९, २०७५
0
118

काठमाडौँ, ७ जेठ ।  नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी शैलेश थापा क्षेत्रीले सम्हालेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा प्रवाह गर्न एसएसपी क्षेत्रीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रहरी महानिरीक्षकको सचिवालय अन्तरगत रहने गरी उनले प्रहरीका गतिविधिलाई आधिकारिक रूपमा प्रवाह गर्नेछन् । यस अघिका प्रवक्ता डिआइजी मनोज नेउपाने महानगरीय प्रहरी आयुक्त कार्यालयमा सरुवा भएपछि उनको ठाउँमा एसएसपी थापा क्षेत्रीलाई ल्याइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here