उत्कृट ६ प्रहरीलाई ‘काठमाडौं प्रहरी अवार्ड’ वितरण

शुक्रबार, जेष्ठ ११, २०७५
0
263

काठमाडौं, ११ जेठ । काठमाडौं प्रहरी परिसरले पछिल्लो महिनामा राम्रो काम गर्ने ६ जनाप्रहरीलाई ‘काठमाडौं प्रहरी अवार्ड’ वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच ६ जना प्रहरी अधिकारीलाई पुरस्कार दिइएको हो ।

सम्मानित हुनेमा प्रहरी नायब उपरीक्षक डिएसपी तर्फ प्रदीपबहादुर क्षेत्री र अनुपम क्षेष्ठ, प्रहरी निरीक्षकतर्फ शर्मिला गुरुङ र पुष्कर बोगटी, प्रहरी नायब निरीक्षकतर्फ टेकबहादुर कुँवर, प्रहरी सहायक निरीक्षकतर्फ शिव कट्टेल र प्रहरी जवानतर्फ अर्जुन सेठ्ठी रहेका छन् ।

उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रहरी अधिकारी मध्ये प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रमाण–पत्रसहित नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here