गृहजिल्ला चितवन पुगे सन्दीप

शुक्रबार, जेष्ठ ११, २०७५
0
100

नविन थापा

चितवन , ११ जेठ।  इण्डियन प्रिमियर लिग ९आईपीएल० मा उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका युवा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन् ।

आईपीएलपछि यो उनको पहिलो चितवन यात्रा थियो । चितवन आउने सूचना गुपचुप राखेका सन्दीपले भरतपुर एयरपोर्टमा पत्रकारहरुलाई देखेपछि ‘थोरै बोल्छु’ भन्दै केही कुरा राखे । उनले परिवारसँग समय बिताउन छोट्टो समयका लागि चितवन आएको बताए ।

सन्दीपको स्वागतमा विमानस्थलमै फ्यानहरुको ठूलो भिड जम्मा भएको थियो । उनीसँग सेल्फी खिच्ने समर्थकहरुको तछाडमछाड नै चलेको थियो । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सन्दीपले अबको एक हप्तापछि बेलायतको लर्डस मैदानमा हुने विश्व ११ र वेष्टइन्डिजविरुद्धको खेलमा नेपालबाट सहभागी हुन पाउनु आफैमा गर्वको विषय भएको बताए ।

उनले यो खेल खेल्नका लागि आफू उत्साहित बनेको बताए । चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले चितवन क्रिकेट एकेडेमीको प्रशिक्षणले नै आज आफूलाई यति ठुलो सफल्ता दिएको बताए । लामिछानेले आफू सहभागी टिम दिल्ली डेयर डेभिल्सबाट तीनवटा खेलमा सहभागिता जनाउन पाउँदा धेरै कुरा सिकेको बताए ।

क्रिकेटमा नेपालले अब एक दिवसीय र टि(ट्वाइन्टी दुवै फरम्याटका तयार हुनुपर्ने बताउदैं उनले आफूलाई यहाँसम्म ल्याइपुर्‍याउनुमा चितवनको ठूलो योगदान रहेकाले स्मरण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here