चोमोलुङ्गमा संवादाता,पाल्पा
१८ जेठ,
पाल्पाको रम्भा गाउँपालिका(४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु भएका सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन(४ का कृष्णबहादुर बोहोरा, तानसेन(३ का छत्रराज शाक्य, तानसेन(६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन(६ का दुर्गाबहादुर सारु, तानसेन(३ का देवेन्द्रलाल प्रधान, तानसेन(३ का कृष्णमान बज्राचार्य, तानसेन(६ का सचिव बज्राचार्य, तानसेन(२ का लोकप्रसाद ढकाल, तानसेन(३ की बसन्ती खाँण, तानसेन( ६ का गीता बुढाथोकी, तानसेन(३ की कमला कार्की र तानसेन(५ की दुर्गा श्रेष्ठ रहेका छन् ।
सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।
यस्तै घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन ९सहचालक०, तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, मुना सारु, तानपा ६ की मिना खाम्चा, तानपा ६ कै अर्जुन थापा ९चालक० र तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् ।
घाइते प्रविन बज्राचार्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ ।
सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए ।






