Home राजनीति गाेरखाबाट निर्वाचित साँसद अधिकारी काेराेना स‌ङ्क्रमण र विकास निर्माणका अवस्था बुझ्दै पालिका...

गाेरखाबाट निर्वाचित साँसद अधिकारी काेराेना स‌ङ्क्रमण र विकास निर्माणका अवस्था बुझ्दै पालिका पुगे

बुधबार, असाेज ७, २०७७
0
228

गोरखा । निर्वाचन क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज अधिकारीले कोरोना संक्रमणको रोकथाम र गाउँपालिकाको गरेका ल्याएको बिकास निर्माणको प्राथामिकीकरणका बिषयमा चासो राख्दै निर्वाचन क्षेत्रका गाउँपालिकाहरु पुगेका छन । सांसद अधिकारीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका  गाउँपालिकाहरुमा पुगेर स्थानीय सरकारले कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र नियन्त्रणका लागि गदै आएका प्रयासका बारेमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतसंग भेटघाट गरी लिएका छन् ।

सोमबार जिल्लाको भीमसेन थापा गाउँपालिकाको कार्यालयको अनुगमन सहित गाउँपालिका उपाध्यक्ष बिनु वाग्ले लगायतसंग भेटघाट गरि जानकारी गाउँपालिकाले कोरोना संक्रमणको व्यवस्थापन, बिकास निर्माण र गाउँपालिकाको प्राथामिकीकरणको बिषयमा जानकारी लिए । यसैगरी जिल्लाको आरुघाट गाउँपालिकामा पुगेर गाउँपालिकाले गर्दै आएको बिकास निर्माणका काम तथा योजनाको बारेमा पनि सांसद अधिकारीले जानकारी लिएका थिए ।

सो क्रममा गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले सांसद अधिकारीले कोरोना नियन्त्रणका लागि गाउँपालिका गर्दै आएका प्रयास र गाउँपालिकाको अबस्थाको बारेमा जानकारी गराएका थिए । दुवै पालिकाका जनप्रतिनिधिसंगको भेटमा सांसद अधिकारीले गाउँपालिकाको प्रभावकारी कार्य सम्पादनमा जोड दिदै आफ्नो तर्फ सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

नेकपा नेता समेत रहेका भएका सांसद अधिकारीले भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिकामा पुगेर त्यहाँका नागरिक तथा कार्यकर्ताहरुसंग समेत भेटघाट तथा छलफल गरेका हुन । आफ्नाे निर्वाचन क्षेत्रमा रहेका पालिकाहरुले गरेका कामहरु सन्ताेषजनक रहेकाे अधिकारीले बताए ।

NO COMMENTS