Home समाचार कोरोनाका कारण तनहुँ आँबुखैरेनीका एक युवकको मृत्यु

कोरोनाका कारण तनहुँ आँबुखैरेनीका एक युवकको मृत्यु

बिहिबार, असाेज ८, २०७७
0
102

 असोज ८,आँबुखैरेनी । तनहुँ आँबुखैरेनीका एक पुरुषको बिहिबार विहान कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आँबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

गत भाद्र २९ गते डायलसिसका लागि कलेजमा भर्ना भएका उनमा ३१ गते संक्रमण पुष्टि भएको थियो। त्यस यता सघन कक्षमा राखेर उपचार गराइरहेकामा उनको विहान निधन भएको अस्पतालले उल्लेख गरेको छ ।

यसअघि उनको परिवारको २ जना ३३ वर्षीया महिला र ८ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो।

NO COMMENTS