तिम्रो खुट्टामा सुन छ यहाँ मेरो अम्मल छैन
कसरी जितिएला युद्ध पाखुरामा बल छैन
कुर्सीमा बस्नेहरू पनि जुता लगाएर बस्छ्न
गाउँमा भारी बोक्ने हरुको पनि चप्पल छैन
पेट भोको छ सुन्दर शहरको के कुरा गर्छौ
सुख्खा हिड्न पनि त मेरो गाउँमा ढल छैन
भन्दिनु गएर देशका ठुला भलादमीहरु लाई
गरिब बस्तीमा खाने छोड्देउ पिउने जल छैन
धनगिरी फडेरा
दुनै, डोल्पा






