Home समाचार गाेरखामा थपिए १२ जना काेराेना स‌ङ्क्रमित

गाेरखामा थपिए १२ जना काेराेना स‌ङ्क्रमित

शुक्रबार, असाेज ९, २०७७
0
159

गोरखा ९, असोज । गोरखामा थप १२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकामा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा ३७, १५ र १३ ब र्षका पुरुष तथा ३५ १९, १५ र ३४ बर्षका ४ जना महिला रहेको जनाइएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ८ मा ३० बर्षका १ महिला तथा १८ बर्षका एक पुरुष, गण्डकी गाउँपालिका वडा नम्बर ५ मा ३३ बर्षका एक पुरुषमा संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निदेृशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए ।

त्यस्तै जिल्लाको भीमेसन थापा गाउँपालिका वडा नम्बर ३ मा २४ बर्ष र ३३ बर्षका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा भने अहिलेसम्म कुल ३ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ ।

NO COMMENTS