कता कतिले कोरोनाको ओटमा चोट दिएका छन,
जस्तै नेताले जनतालको भोटमा चोट दिएका छन।
केहि ब्यबस्था उस्तैछ पुँजिवादी प्रदिशप्रधा देशमा,
केही ले हाम्रो न जानीदो खोटमा चोट दिएका छन।
काम धन्दा छैन बेरोजगारीले सताएको यो घडीमा,
बिचरा मज्दुर लाई एउटा रोटमा चोट दिएका छन।
कताकति राजनीति र कताकति गोरख धन्दा हुँदा,
जाल बनाएर डालर भारु नोटमा चोट दिएका छन।
कसैले भन्छ खाकीमा दाग कसैले सेतो पोषाक मा,
गरिबहरुलाई कति कालो कोटमा चोट दिएका छन।
सुरेशकुमार पान्डे






