Home Breaking News दुईदिनदेखि सुत्केरी व्यथाले छटपटिएकी चुमनुव्री गाउँपालिका–२ लि गाउँकी गर्भवती महिलाको...

दुईदिनदेखि सुत्केरी व्यथाले छटपटिएकी चुमनुव्री गाउँपालिका–२ लि गाउँकी गर्भवती महिलाको नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्धार

शुक्रबार, असाेज ९, २०७७
0
121

गोरखा ९, असोज । दुईदिनदेखि सुत्केरी व्यथा लागेकी बिकट उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–२ लि गाउँकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहिबारदेखि व्यथा लागेकी लि गाउँकी ३० बर्षिय हिसे लामाको आज हेलिकप्टर मार्फत उद्धार गरि सुत्केरी गराउन काठमाण्डौ थापाथली अस्पतालमा पठाइएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि पठाइएको हाे । ‘गाउँपालिकामा आज बिहान मात्रै सुत्केरी व्यथा लागेको भन्ने खबर आयो, प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले भने, हामीले जिल्ला प्रसासन कार्यालय गोरखासंग समन्वय गरेर गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरेर सुत्केरी गराउन अस्पतालमा पठाएका हौ ।’

लामाले पहिलो बच्चा पनि अप्रेसन गरि जन्माउनु भएकाले पनि घरमै सुत्केरी गराउन नमिल्ने स्वास्थ्यकर्मीले सुझाव दिदै आएका तर थिए तर उनले घरमै बच्चा जन्माउने प्रयास गरेकी थिइन। ‘गर्भवती महिलाको पहिलो बच्चा पनि अप्रेसन गरेर जन्माउनु भएकाले अहिले चिकित्सकहरुले अस्पतालमा सुत्केरी गराउन सुझाव दिएको भएपनि घरमै बस्नु भएको रहेछ, उनले भने  ।‘अहिले लामो समयसम्म व्यथा लागेर सुत्केरीको अबस्था जोखिमपूर्ण भएकाले उद्धार गरिएको हो ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार सेवा कार्यक्रम अन्र्तगत सुत्केरी उहाँको उद्धार गरिएको हो । अत्यन्तै बिकट क्षेत्र भएकाले त्यस क्षेत्रका बिरामीलाई गोरखा अस्पतालमा उपचारका लागि ल्याउन असम्भव जस्तै रहेको छ । ‘कि हेलिकप्टरबाट ल्याउनु पर्यो,  हिडेर आउन ४/५ दिनसम्म लाग्ने भएकाले गर्भवती महिलाहरुलाई सुत्केरी गराउन परे हेलिकप्टर चार्टर गरेर काठमाण्डौ वा पोखरा पठाउनुको बिकल्प रहदैन ।

NO COMMENTS