नेकपा प्रवक्ता श्रेष्ठद्वारा नागार्जुन नगरपालिकामा रहेको आइसोलेसन अनुगमन , ढल र फोहोर व्यवस्थापन गर्न दिए कडा निर्देशन

शुक्रबार, असाेज ९, २०७७
0
154

असाेज ९, काठमाण्डाै । नेपाल  कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

नेता श्रेष्ठले आजदेखि नै काम शुरु गर्न  सहरी विकासका महानिर्देशक मणिराज गेलाल, स्वास्थ्य सेवा विभागका डीजि डा.दिपेन्द्र रमण सिंह, सर्वाङ्ग हस्पिटलका प्रमुख शुशिलबाबु खनाललाई निर्देशन दिएका हुन्।

श्रेष्ठको सचिवालयअन्तर्गत गठित कोभिड( १९ भोलेन्टियर सर्भिसको मंगलबार भएको “जनतासँग अन्तरसम्वाद र सहकार्य” कार्यक्रममा स्थानीयले आइसोलेशन सेन्टरको ढल र फोहोर व्यवस्थापन नहुँदा आफूहरुलाई समस्या परेको गुनासो राखेका थिए। उक्त आइसोलेसन सेन्टरको व्यवस्थापन कुपण्डोलस्थित सर्वाङ्ग हस्पिटलले गरेको छ।

ढल र फोहोर व्यवस्थापन नहुँदा वरिपरिको बस्तीमा असर परेको भन्दै स्थानीय चिन्तित बनेको स्थानीयबासी तथा कलाकार मरिचमान श्रेष्ठ “बल्छी ध्रुवे”ले बताए।

रानीवनमा रहेको उक्त ५ सय ८० बेड रहेको आइसोलेसन सेन्टरमा अहिलेसम्म ३५८ जना कोरोना संक्रमित रहेका छन्। कोरोना संक्रमितहरु स्थानीय नागरिक र नेपाली सेना बढी मात्रमा रहेका छन्।

कोभिड-१९ भोलेन्टियर सर्भिस अभियान गठन भएपछि अहिलेसम्म ९१ जनाको पीसीआर टेष्ट, १० जनाको आइसोलेसन व्यवस्थापन, विदेशमा अलपत्र परेका ७ जनाले अभियानमा सम्पर्क गरेका मध्ये २ जना नेपाल फर्किएका र बाँकीलाई प्रक्रिया पुर्याएर नेपाल फकाउने अभियान संयोजक इन्द्रराज भट्टराईले बताए ।

स्वयंसेवी तथा स्थानीय जीवन लामाका अनुसार कार्यक्रममा वडाध्यक्ष, स्थानीय राजनीतिक दलका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो अभियान नेपाल सरकारले कोभिड(१९ सँग लड्न तयार गरेको रणनीति र कार्यक्रमको सहयोगका लागि तथा सामान्य र पहुँच नपुगेकाहरुको सेवामा समर्पित हुन निर्माण गरिएको बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here