Home समाचार शनिबार पाँच हजार आठ जनामा काेराेना सङ्क्रमण पुष्टी

शनिबार पाँच हजार आठ जनामा काेराेना सङ्क्रमण पुष्टी

शनिबार, असाेज २४, २०७७
0
113

असाेज २४ ,गाेरखा । आज देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।

गत २४ घण्टामा १२ सय २९ जना निको भएका छन । याे सँगै निकाे हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । आजकाे दिनमा नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सँख्या आज १४ जना पुगेकाे छ । देशभर ज्यान गुमाउनेकाे सँख्या  छ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

NO COMMENTS