प्रगति गर्न मनकै इच्छा इन्धन भैदिन्छ,
पढेको भन्दा भोगेको पक्का जिवन भैदिन्छ ।
नाच्न नजान्ने आगन टेढो देख्नेकै भिड भो,
नाम नखोज काम साँचेर पतन भैदिन्छ ।
प्रतिज्ञा गर आफैंले हिरा फलाउने भनि,
उम्रन्छ पीपल ढुंगा फोरी त्यै आंगन भैदिन्छ ।
साथ कसैले दिदैंन सित्तै पाइने हल्ला हो,
कर्मले भाग्य लेख्नेको खुसी आर्जन भैदिन्छ ।
श्रमको आगोले त्यो जिन्दगी नजले के बाँच्नु,
पसिनाले फुल्दा प्रगति चै गुणन भैदिन्छ ।
दुख र सुख कला हो बुझ्नु जिन्दगी खोज्नेले,
संघर्ष गरे मात्रै सफलता दर्शन भैदिन्छ ।
चित्रमान तामाङ
संखुवासभा-चिचिला गा.पा.
हाल-काठमाडौ






