डोल्पा बाट धनगिरि फडेरा को मन छुने गजल

शनिबार, असाेज २४, २०७७
0
236

यो मन मारियो आफ्नाहरु बाट
र पाखा लागियो आफ्नाहरु बाट !!

उ घर देखि दिक्क लागेर होला ,
सहर हानियो आफ्नाहरु बाट !!

भोलि पछुत्ताउनु शिवाय केहि छैन,
नै डाडा काटियो आफ्नाहरु बाट!!

मने बेला भनेकि थिन आमाले ,
दुख नै बोकियो आफ्नाहरु बाट !!

सुस्ता र कालापानि नेपाली माटो,
बेचिनु बेचियो आफ्नाहरु बाट !!                        धनगिरि फडेरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here