Home प्रदेश गण्डकी प्रदेशमा ११ जिल्लाका ३८ ठाउँमा सरकारी आइसाेलेसन, काेराेना सङ्क्रमित सबैकाे उपचार...

गण्डकी प्रदेशमा ११ जिल्लाका ३८ ठाउँमा सरकारी आइसाेलेसन, काेराेना सङ्क्रमित सबैकाे उपचार निशुल्क

मङ्लबार, कार्तिक ४, २०७७
0
266

कार्तिक ४, पाेखरा ।  गण्डकी प्रदेश सरकारले ११ जिल्ला भित्रका ३८ स्थानमा सरकारी आइसाेलेन तयार गरी काेराेना सङ्क्रमित विरामीहरुकाे उपचार गरिररहेकाे मुख्य मन्त्रीकाे कार्यालय पाेखराले जनाएकाे छ ।

प्रदेश सरकारले  सँघीय शासनसत्ताकाे  आवस्यकता र औचित्य थप पुष्टि यसबाट गरेको छ । केन्द्र सरकारले नागरिकहरुकाे उपचार गर्न हात झिकेपछि गण्डकी प्रदेश सरकारले आफ्ना नागरिकहरुकाे उपचार गर्न प्रदेश सरकार सक्षम रहकाे जनाउ दिएकाे हाे ।

यस अघि पनि गण्डकी प्रदेशमा कोरोना भाइरस रोग (कोभिड- १९) का बिरामीको उपचार निशुल्क भइरहेको छ । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहट्ने मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । कोरोनाको पिसिआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको र यो सेवा निरन्तर हुने कुरामा कुनै शँका नगर्न सरकारले नागरिकहरुलाइ सचेत गराएकाे छ ।

यस अघि जिल्लामा काेराेना सङ्क्रमितकाे उपचार  गर्ने स्थान निर्माणका लागि सबै भन्दा पहिले गण्डकी सरकारले पालिका स्तरमा नै रकम निकासा गरेकाे थियाे ।

NO COMMENTS