कार्तिक ४, पाेखरा । गण्डकी प्रदेश सरकारले ११ जिल्ला भित्रका ३८ स्थानमा सरकारी आइसाेलेन तयार गरी काेराेना सङ्क्रमित विरामीहरुकाे उपचार गरिररहेकाे मुख्य मन्त्रीकाे कार्यालय पाेखराले जनाएकाे छ ।
प्रदेश सरकारले सँघीय शासनसत्ताकाे आवस्यकता र औचित्य थप पुष्टि यसबाट गरेको छ । केन्द्र सरकारले नागरिकहरुकाे उपचार गर्न हात झिकेपछि गण्डकी प्रदेश सरकारले आफ्ना नागरिकहरुकाे उपचार गर्न प्रदेश सरकार सक्षम रहकाे जनाउ दिएकाे हाे ।
यस अघि पनि गण्डकी प्रदेशमा कोरोना भाइरस रोग (कोभिड- १९) का बिरामीको उपचार निशुल्क भइरहेको छ । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहट्ने मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । कोरोनाको पिसिआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको र यो सेवा निरन्तर हुने कुरामा कुनै शँका नगर्न सरकारले नागरिकहरुलाइ सचेत गराएकाे छ ।
यस अघि जिल्लामा काेराेना सङ्क्रमितकाे उपचार गर्ने स्थान निर्माणका लागि सबै भन्दा पहिले गण्डकी सरकारले पालिका स्तरमा नै रकम निकासा गरेकाे थियाे ।






